काठमाडौं । नेपाल स्टक एक्सचेन्जे (नेप्से) मा ४ वटा म्युचुअल फन्डहरुको लाभांशमा मूल्य समायोजन भएको छ । जसमध्ये कुरामी धनवृद्धि योजनाको १०.५० प्रतिशत नगद लाभांशमा मूल्य समायोजन भएको हो । समायोजन पश्चात यसको भाउ प्रतिइकाई ९.०५ रुपैयाँ कायम भएको छ ।
यता, कुमारी इक्विटी फन्डको ११.५० प्रतिशत लाभांशमा भाउ समायोजन भएको हो । आइतबारको क्लोजिङ प्राइस (मूल्य) १०.०६ रुपैयाँलाई आधार बनाएर भाउ समायोजन गरिएको हो । समायोजनपछि यसको मूल्य प्रतिइकाई ८.९१ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, आरबीबी म्युचुअल फन्ड-२ को १३ प्रतिशत नगद लाभांशमा भाउ समायोजन हुँदा नयाँ मूल्य ८.९४ प्रतिशत कायम भएको छ । त्यसैगरी, आरबीबी म्युचुअल फन्ड-१ को २० प्रतिशत लाभांशमा भाउ समायोजन भएको हो । समायोजन पश्चात यसको मूल्य ९.३१ रुपैयाँ कायम भएको छ । आइतबारको क्लोजिङ मूल्य ११.३१ रुपैयाँलाई आधार मानेर भाउ समायोजन भएको हो ।

