काठमाडौं । नेपाल राष्ट्र बैङ्कले हुलाकी राजमार्ग र मध्य पहाडी राजमार्गको आसपासमा सञ्चालनमा रहेको होटल तथा रेष्टुरेष्टलाई ३ करोड सम्मको कर्जामा बैङ्क तथा बित्तिय संस्थाले आधार दरमा अधिकतम २ प्रतिशत प्रिमियम थप गरि ऋण प्रवाह गर्नुपर्ने कानूनी ब्यबस्था गरेको छ । नेपाल राष्ट्र बैङ्कले आज बैङ्कबाट अनुमति प्राप्त बैङ्क तथा बित्तiय संस्थालाइ एक परिपत्र जारी गर्दै यस्ति व्यबस्था गरेको हो ।
राष्ट्र बैङकले जारी गरेको परिपत्र अनुसार सो क्षेत्रमा होटल रेष्टुरेष्ट सञ्चालग गर्ने ब्यबसायीले सो कर्जा उपयोग गर्न अनिबार्य रुपमा खाद्य स्वच्छताको आधारमा होटेल रेष्टुरेन्ट स्तरीकरण गर्ने सम्बन्धी निर्देशिका, २०७४” बमोजिम खाद्य स्वच्छता स्तरीकरण सम्बन्धी Green Sticker लिएको हुनु पर्नेछ ।
राष्ट्र बैङ्कले जारी गरेको परिपत्रमा भनिएको छ “हुलाकी राजमार्ग तथा मध्य पहाडी लोकमार्ग आसपासका क्षेत्रमा सञ्चालनमा रहेका रु.३ करोडसम्मका उत्पादनमूलक उद्योग तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट ” खाद्य स्वच्छताको आधारमा होटेल रेष्टुरेन्ट स्तरीकरण गर्ने सम्बन्धी निर्देशिका, २०७४” बमोजिम खाद्य स्वच्छता स्तरीकरण सम्बन्धी Green Sticker लिएका होटल तथा रेष्टुरेन्टहरुलाई कर्जा प्रवाह गर्दा आधार दरमा बढीमा २ प्रतिशतसम्म मात्र थप गरी कर्जाको ब्याजदर तोक्नु पर्नेछ” ।

