काठमाडौं । राष्ट्रिय वाणिज्य बैँकले चाडपर्व लक्षित गरेर विभिन्न कर्जामा अफर सार्वजनिक गरेको छ । बैङ।कले जारी गरेको नयाँ अफर अन्तर्गत घर कर्जा २० बर्षे अबधिको लागि ६ दशमलब ३० प्रतिशतमा उपलब्ध गराइने बैङ्का सुचना अधिकारी पबन रेग्मीले जनाएका छन् ।
बैङ्कले चाड पर्ब अफर अन्तगत अन्य क्षेत्रमा पनि नयाँ कर्जा योजना ल्याएको छ यो अफरमा विद्युतिय सवारी साधान खरिद गर्न चाहने ग्राहकहरुका लागि ७ वर्ष अवधिको ६ दशमलव १० प्रतिशत व्याजदरमा १ करोडसम्मको कर्जा उपलब्ध गराउने बैँकले जनाएको छ । बैँकले इन्धन प्रयोग हुने सवारी साधन खरिद गर्न चाहने ग्राहकका लागि ६ दशमलव ८० प्रतिशत व्याजदरमा ७ वर्षसम्मका लागि १ करोडसम्म कर्जा प्रवाह गरिने बैङ्कले उल्लेख गरेको छ ।
बैङ्कले चाडपर्वको समयमा सवारी साधन तथा घर खरिद गर्नेहरुको संख्या अधिक रहने भएका कारण सेवाग्राहीहरुलाई सहज होस भन्ने उद्धेश्यका साथ चाडपर्व विशेष कर्जा अफर जनाएको छ ।

