काठमाडौं । सोमबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार छापावाला सुनको मुल्य प्रतितोला ३०० रुपैयाँले घटेको छ । यो सँगै सोमबार १ लाख ९७ हजार २०० रुपैयाँ तोकिएको छ ।
आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
सोमबारका लागि छापावाला सुन १० ग्रामको मूल्य १ लाख ६९ हजार ७० रुपैयाँ तोकिएको छ । महासंघका अनुसार आइतबारको तुलनामा सोमबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ ।
यो सँगै सोमबार चाँदी प्रतितोला २ हजार ३५५ रुपैयाँ तोकिएको छ ।
आइतबार चाँदी प्रतितोला २ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार चाँदी प्रति १० ग्रामको मूल्य भने २ हजार १९ रुपैयाँ तोकिएको छ ।

