काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार बढेको छ ।
सोमबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २१.३० अंकले बढेर २७६१.२६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.१८ अंकले बढेर ४७४.३८ विन्दुमा पुगेर बन्द भएको छ । फलोट इन्डेक्स १.२९ अंकले र सेन्सेटिभ इन्डेक्स १.०७ अंकले बढेको हो ।
सोमबार ३१७ वटा कम्पनीको १ करोड ८ लाख ७७ हजार ९४२ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ५ अर्ब ७५ करोड ३२ लाख पुगेको छ । जुन आइतबारको तुलनामा ७९ करोड ५४ लाखले कम हो । आइतबार ३२३ वटा कम्पनीको १ करोड ४० लाख ९ हजार ७०८ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ६ अर्ब ५४ करोड ८६ लाख पुगेको थियो ।
यसदिन बजार पुँजीकरण रकम ४६ खर्ब १४ अर्ब १८ करोड रहेको छ । सोमबार १७९ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा ७१ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।
यस दिन सम्पूर्ण ११ वटा समूह बढ्दा बाँकी २ वटा घटेको छ । वाणिज्य बैंक ८, विकास बैंक ५४, वित्त ५, होटल पर्यटन ३२, जलविद्युत १२, लगानी ०.३८, जीवन बीमा ७२, लघुवित्त ७७, निर्जीवन बीमा ३९, व्यापार २ र अन्य समूह ७२ अंकले बढ्दा उत्पादन र प्रशोधन ४ र म्युअचल फण्ड ०.०७ अंकले घटेको हो ।
यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा नेपाल रिइन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स, हिमालयन डिष्ट्रलरी, राधी विद्युत कम्पनी र छिमेक लघुवित्त वित्तीय संस्था रह्यो । नेपाल रिइन्स्योरेन्सको ७६ करोड ९६ लाख, हिमालयन रिइन्स्योरेन्सको २३ करोड ३९ लाख, हिमालयन डिष्ट्रलरीको २० करोड ६६ लाख, राधी विद्युत कम्पनीको १७ करोड ७१ लाख र छिमेक लघुवित्त वित्तीय संस्थाको १७ करोड ६५ लाख बराबर करोबार भयो ।

