काठमाडौं । कुमारी क्यापिटलका ४ वटा म्युचुअल फन्डहरुले साउन महिनाको वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमध्ये कुमारी धनवृद्धि योजनाले चालु आर्थिक वर्षको साउन महिनामा ३७ लाख ७९ हजार रुपैयाँ कुल घाटा व्यहोरेको छ । गत असारमा फन्डले १८ करोड २६ लाख नाफा कमाएको थियो ।
सार्वजनिक भएको रिपोर्ट अनुसार फन्डको न्याभ १२.०१ रुपैयाँ छ । अघिल्लो महिना न्याभ १२.०४ रुपैयाँ थियो । यस फन्डले सूचीकृत कम्पनीको सेयरमा १ अर्ब १० करोड २२ लाख रुपैयाँ लगानी गरेको छ । अघिल्लो महिना यसले १ अर्ब १६ करोड २ लाख लगानी गरेको थियो ।
बैंक मौज्दातमा १७ करोड ६४ लाख रुपैयाँ रहेको छ । मुद्दतिमा खातामा भने रकम जम्मा गरिएको छैन ।
कुमारी इक्विटी फन्डले चालु आर्थिक वर्षको साउन महिनामा ७१ लाख ४२ हजार रुपैयाँ कुल घाटा व्यहोरेको छ । गत असारमा फन्डले १४ करोड ३० लाख नाफा कमाएको थियो । सार्वजनिक रिपोर्ट अनुसार फन्डको न्याभ ११.३६ रुपैयाँ छ । अघिल्लो महिना न्याभ ११.४४ रुपैयाँ थियो । यस फन्डले सूचीकृत कम्पनीको सेयरमा ८१ करोड ७४ लाख रुपैयाँ लगानी गरेको छ । अघिल्लो महिना यसले ९० करोड १३ लाख लगानी गरेको थियो । फन्डको बैंक मौज्दातमा ९ करोड १६ लाख रुपैयाँ रहेको छ । मुद्दतिमा खातामा भने रकम जम्मा गरिएको छैन ।
कुमारी सुनौलो लगानी योजनाले चालु आर्थिक वर्षको साउन महिनामा ९२ हजार रुपैयाँ नाफा कमाएको छ । गत असारमा फन्डले ६ करोड ९५ लाख रुपैयाँ नाफा कमाएको थियो । सार्वजनिक भएको रिपोर्ट अनुसार फन्डको न्याभ ११.४६ रुपैयाँ छ । अघिल्लो महिना न्याभ १२.३१ रुपैयाँ थियो । यस फन्डले सूचीकृत कम्पनीको सेयरमा ५७ करोड ७ लाख रुपैयाँ लगानी गरेको छ ।
अघिल्लो महिना यसले ५६ करोड ४३ लाख लगानी गरेको थियो । बैंक मौज्दातमा ९ करोड ८९ लाख रुपैयाँ रहेको छ । मुद्दतिमा खातामा भने रकम जम्मा गरिएको छैन । कुमारी सबल योजनाले चालु आर्थिक वर्षको साउन महिनामा २८ लाख २८ हजार रुपैयाँ नाफा कमाएको छ । गत असारमा फन्डले ६ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको थियो ।
सार्वजनिक भएको रिपोर्ट अनुसार फन्डको न्याभ ११.३९ रुपैयाँ छ । अघिल्लो महिना न्याभ ११.३५ रुपैयाँ थियो । यस फन्डले सूचीकृत कम्पनीको सेयरमा ७० करोड ८ लाख रुपैयाँ लगानी गरेको छ । अघिल्लो महिना यसले ७४ करोड १८ लाख लगानी गरेको थियो । बैंक मौज्दातमा १२ करोड ४७ लाख रुपैयाँ रहेको छ । मुद्दतिमा खातामा भने रकम जम्मा गरिएको छैन ।

