काठमाडौं । मंगलबार सुनको मूल्यमा प्रतितोला १ लाख ९८ हजार ७०० रुपैयाँमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ १५ सय रुपैयाँ बढेको हो । सोमबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्यले मंगलबार पनि नयाँ रेकर्ड बनाएको छ। सोमबारबार २ हजार ३५५ रुपैयाँमा कारोबार भएर रेकर्ड बनाएको चाँदीको मूल्यले यस दिन सो रेकर्डलाई ब्रेक गरेर नयाँ रेकर्ड बनाएको हो । यस दिन चाँदी तोलाको २ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ ।


