१ हजार दरका ४३ करोड थान नोट छपाईको लागि बोलपत्र आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले १ हजार रुपैयाँ दरका ४३ करोड थान नोट छपाईको लागि बोलपत्र आह्वान गरेको छ । १ हजार रुपैयाँ दरको नोट डिजाइन, छपाई र आपूर्ति तथा वितरणको लागि केन्द्रीय बैंकले बोलपत्र आह्वान गरेको हो ।

२०८१ फागुनमा प्रकाशित भएको पूर्वयोग्यता पूरा गरेका ६ कम्पनीले मात्रै प्रतिस्पर्धामा सहभागी हुन पाउने केन्द्रीय बैंकको सूचनामा उल्लेख छ । बोलपत्रप प्रक्रियामा सहभागी हुनेले एकपटक आर्थिक प्रस्ताव र प्राविधिक प्रस्तावको शिलबन्दी बोलपत्र पेश गर्न सक्ने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

बोलपत्र पेश गर्ने कम्पनीले बोलपत्र कागजात खरिद गर्न नेपाली रुपैयाँ २० हजार वा १४४ अमेरिकी डलर, १२३ युरो वा १०७ पाउन्ड स्टर्लिङ भुक्ताती गर्नुपर्ने हुन्छ ।

१० अक्टोबर २०२५ भित्र बोलपत्र पेश गरी सक्नुपर्ने सूचनामा उल्लेख छ । पेश गरिएका बोलपत्र २०२५ अक्टोबर १० तारिखमा नै खोलिने सूचनामा उल्लेख छ । बोलपत्र १२० दिनसम्म मान्य हुने र ६ करोड ४० लाख रुपैयाँ धरौटी राख्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार