नेप्से सूचक ४.८३ अंकले बढ्यो, कारोबार रकममा भने गिरावट

काठमाडौं । मंगलबार नेप्से सूचक ४.८३ अंकले बढेको छ । सेयर बजार ०.१७ प्रतिशतले बढेर २७६६.०९ विन्दुमा पुगेको हो । यसदिन ४ अर्ब १८ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार ५ अर्ब ७५ करोड रुपैयाँको कारोबार भएको थियो । सोमबारको तुलनामा मंगलबार कारोबार रकम घटेको छ ।

यस दिन ३२२ स्क्रिप्टको ९२ लाख ४३ हजार कित्ता सेयर किनबेच भएको छ । मार्केट बढेसँगै नेप्सेको बजार पुँजीकरण पनि बढेर ४६ खर्ब २२ अर्ब पुगेको छ । यसदिन १०१ कम्पनीको सेयर भाउ बढेको छ भने १४९ वटाको घटेको छ । १३ मध्ये ९ उपसमूह बढेका छन् ।

मंगलबार विकास हाइड्रोपावरको सेयर भाउ सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ । नेपाल रिपब्लिक मिडियाको बजार मूल्य ८.६१ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको ७.२८ प्रतिशतले भाउ बढेको छ । ंमंगलबार नेपाल पुनर्बिमाको सबैभन्दा धेरै ४८ करोड ९५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयुन रिइन्सुरेन्सको २१ करोड ७१ लाखको सेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार