CLI

श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको आईपीओ बिक्रि तथा निश्काशन खुल्ला

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेड, ले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको निम्ति साधारण शेयर आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको छ।

कम्पनीले जारी पूँजी एक अर्ब त्रिसठ्ठी करोड बाह्र लाख पचास हजार को १% एक करोड त्रिसठ्ठी लाख बाह्र हजार पाँच सय रुपैंया बराबरको प्रति कित्ता १ सयको दरको १,६३, १२५ कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्र रुपन्देही र पाल्पा जिल्लाका स्थानीय बासिन्दाहरुका लागि आईपीओ बिक्रि गर्न लागेको हो । त्यसैगरि कम्पनीले  जारी पूँजीको १९% अर्थात ३०,९९,३७५ कित्ता साधारण शेयरको १०% तीन लाख नौ हजार नौ सय अत्तीस कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपाली नागरिकहरुको लागि आज मिति २०८२ भाद्र ११ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरिएको हो ।

श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको आईपीओमा उद्योग प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम कित्ताः १० कित्ता दरखास्त दिन पाउने अधिकतम कित्ता : १०,००० कित्ता सम्म आबेदन दिन सक्नेछन् ।

ईच्छुक आबेदकले तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर “मेरो शेयर” अनलाइन प्रयोग गरी सि-आस्बा ( C-ASBA) प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

आइपीओमा आबेदन दिने २०८२ भदौ ११ देखी १५ गते सम्म सकिने छ तोकिएको समय भित्र सो आइपीओ बिक्रि नभएमा २०८२ भदौ २५ गते बैंकिङ्ग समयसम्म तोकिएको छ ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने रेटिङ्ग प्रदान गरेको छ।

Leave Your Comment

Related News