काठमाडौं । युक्रेनी प्रधानमन्त्री युलिया स्विरीडेनकोले मंगलबार घोषणा गर्दै १८ देखि २२ वर्ष उमेरका युक्रेनी पुरुषलाई अब माहामारी कानून लागू रहेपनि स्वतन्त्र रूपमा सीमा पार गर्न दिने निर्णय भएको बताइन् ।
रूसले फेब्रुअरी २०२२ मा युक्रेनमाथि आक्रमण गरेपछि लागू भएको नियमअनुसार १८ देखि ६० वर्ष उमेरका पुरुषलाई देश बाहिर जान प्रतिबन्ध गरिएको थियो ।
युलिया स्विरीडेनकोले भनिन् “यो निर्णय यस उमेर समूहका सबै नागरिकमा लागू हुन्छ । उनले थपिन्, “हामी चाहन्छौं कि युक्रेनियनहरूले आफ्नो मुलुकसँग अधिकतम सम्बन्ध कायम राखून् । यो परिवर्तन सरकारी राजपत्रमा आधिकारिक रूपमा प्रकाशित भएको भोलिपल्टदेखि लागू हुन्छ ।”

