CLI

नव नियुक्त राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिले लिइन पद तथा गोपनियताको शपथ

काठमाडौं । नव निर्बाचित राज्य व्यवस्था तथा सुशासन समितिका सभापति ईश्वरीदेवी न्यौपानेलाई पद तथा गोपनीयताको शपथ लिएकी छन् । उनले सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा सभामुख देवराज घिमिरेले शपथ ग्रहण गरेकि हुन् ।

सो अवसरमा सभामुख घिमिरेले नवनिर्वाचित सभापति न्यौपानेलाई खादा ओढाएर बधाई ज्ञापन गरेकाथिए । कार्यक्रममा गृहमन्त्री, रक्षामन्त्री, कानुनमन्त्री, युवा तथा खेलकुदमन्त्री तथा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका मुख्य सचेतक, प्रमुख सचेतक र सांसदहरू सहभागी थिए ।

समितिको सभापति पदका लागि भएको निर्वाचनमा न्यौपानेको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएकी हुन्  ।

निजामति विधेयकमा छेडखानी भए पश्चात बनेको संसदीय समितिले तात्कालिन सभापति रामहरी खतिवडालाफ नैतिक रुपमा जिम्मेवार बनाए पश्चात उनले सभापतिबाट राजीनामा गरे पश्चाच राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पद रिक्त थियो ।

उनी संसदीय समितिको सभापतिबाट राजिनामा गरेर सुशासन समितिको सभापति बनेकी हुन् ।

Leave Your Comment

Related News