CLI

लघुवित्तको २५ प्रतिशत भन्दा धेरै सेयर स्वामित्व हुने संस्थापकले लाभांश नपाउने

काठमाडौं । कुनै पनि लघुवित्त वित्तीय संस्थाको २५ प्रतिशत भन्दा धेरै सेयर स्वामित्व हुने संस्थापक सेयरधनीले लाभांश नपाउने भएका छन् । राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थाको वार्षिक साधारण सभा प्रयोजनका लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गर्ने तथा लाभांश स्वीकृत गर्ने सम्बन्धी कार्यविधि, २०८२’ ल्याएर यस्तो व्यवस्था गरेको हो ।

एउटा लघुवित्तमा तोकिएको सीमा पुर्‍याएका संस्थापकले अन्य लघुवित्तहरुमा समेत १० प्रतिशतभन्दा बढी लगानी गरेमा पनि लाभांश पाउने छैनन्।

“यस बैंकबाट इजाजतपत्रप्राप्त कुनै एक बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयरमा लगानी गर्दा चुक्ता पुँजीको बढीमा १५ प्रतिशत र अन्य बैंक तथा वित्तीय संस्थाहरुमा चुक्ता पुँजीको बढीमा १ प्रतिशतसम्म मात्र लगानी गर्न सकिने र “घ” वर्गको संस्थाको हकमा उपर्युक्त बमोजिमको सीमालाई क्रमशः २५ प्रतिशत र १० प्रतिशत लगानी गर्न सकिने विद्यमान व्यवस्था भन्दा बढी हुनेगरी संस्थापक सेयर धारण गर्ने संस्थापक सेयरधनीहरुलाई तोकिएको सीमा कायम नगरेसम्म प्रस्तावित नगद लाभांश तथा बोनस सेयर वितरण रोक्का राख्न लगाउने” व्यवस्था गरिएको छ ।

 

Leave Your Comment

Related News