काठमाडौं । नेपाल फाईनान्स लिमिटेडको ७,९४,५७१,१८७ कित्ता संस्थापक हकप्रद शेयर लिमान बढाबढमा बिक्रिमा राखेको छ । उक्त शेयरहरु लिलाम बढाबढ गरी खरीद गर्न इच्छुक व्यक्ति, कम्पनी, संस्थाहरुले प्रति कित्ता के कति दर रेटमा लिन कबुल गर्ने हो सो खुलाई प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाण्डौं,नेपाल फाईनान्स लिमिटेडको केन्द्रिय कार्यालय कमलादी, बनेपा, माछापुच्छ्रे, लगनखेल र तिलोत्तमा शाखा कार्यालयहरु,प्रभु बैंक लिमिटेडको विराटनगर, विरगंज, पोखरा, नेपालगंज, सुर्खेत र धनगढी शाखा कार्यालयहरुमा पुग्ने गरि २०८२ भदौ १२ देखी २०८२ भदौ २६ गते भित्र पठाउनु पर्नेछ ।
बोलपत्र आवेदन फाराम १ सय नगद भुक्तानी गरी माथि उल्लेखित संकलन केन्द्रहरुबाट प्राप्त गर्न सकिने बताइएको छ । लिलामीमा रहेको शेयरको न्यूनतम मूल्य प्रति शेयर १ सय तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र आवेदन फारममा आफुले लिन चाहेको शेयर संख्या तथा प्रति कित्ता दर अंक र अक्षरमा स्पष्ट लेख्नु पर्नेछ। अंक र अक्षरमा लेखेको फरक भएमा अक्षरले लेखेकोलाई मान्यता दिईनेछ । केरमेट भएको ठाउँमा दस्तखत गर्नुपर्नेछ । धेरै केरमेट भई कबोल गरेको मुल्य रकम नबुझिने भएमा जम्मा गरेको रकमलाई आधार मानिने छ । बोलपत्रदाताले बोलपत्रमा आफ्नो नाम, ठेगाना, टेलिफोन नम्बर लगायत बोलपत्र आवेदन फारममा उल्लेखित सम्पूर्ण विवरण स्पष्ट रुपमा उल्लेख हुनुपर्ने कम्पनीले उल्लेख गरेको छ ।
बोलपत्र दाताले बोलपत्र पेश गर्दा संस्थापक शेयरको लागि न्यूनतम १००० कित्ता वा सो भन्दा बढि १० अंकले भाग जानेगरी अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने छ ।
खरिदकर्तालके आफूले खरीद गर्न चाहेको शेयरको जम्मा मूल्यको सम्पूर्ण रकम श्री प्रभु क्यापिटल लि. को नाममा प्रभु बैंक लिमिटेडको कमलादी, काठमाण्डौंमा तथा नेपाल फाईनान्स लिमिटेड कमलादी, काठमाण्डौमा नगद जम्मा गरी सो को सक्कल भौचर संलग्न गरी वा श्री प्रभु क्यापिटल लि. को नाममा खिचिएको Good for Payment Cheque वा Manager’s Cheque वा Connect IPS बाट उक्त खातामा नगद जम्मा गरि सोको निस्सा संलग्न गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

