काठमाडौं । एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एन आई सी एशिया इक्वीटी लिंक्ड इन्भेष्टमेण्ट स्किम इकाई सार्वजनिक निष्काशन तथा बिक्री बन्द हुने आज अन्तिम दिन रहेको छ ।
एन आई सी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किम को प्रति इकाई मूल्य १० को दरको दश करोड इकाई मध्ये बीज पूँजी वापत न्यूनतम एक करोड पचास लाख वा कुल बिक्री इकाईको १५ प्रतिशत इकाई कोष प्रबर्द्धक एन आई सी एशिया बैंक लिमिटेडलाई सुरक्षित राखी बाँकी न्युनतम आठ करोड पचास लाख इकाईहरु २०८२ श्रावण २९ गतेदेखि सर्वसाधारणमा निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो
लिड इन्भेष्टमेण्ट स्किम इकाई सार्वजनिक निष्काशन आज बैंकिङ्ग समय पश्चात् सो इकाई खरीदका लागि आवेदन लिने कार्य बन्द गरिने व्यहोरा क्यापिटलले जनाएको छ

