CLI

आज दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने

काठमाडौं । जल तथा मौसम बिज्ञान बिभाग मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ।

जल तथ मौसम बिज्ञान बिभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरू र बाँकी तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

महाशाखाले आज बिहान जारी गरेको बुलेटिन मा उल्लेख भए अनुसार आज राती देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश,गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानएको छ । कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको उल्लेख छ ।

Leave Your Comment

Related News