काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हाथवे इन्भेष्टमेन्टसहित ४ वटा म्युचुअल फण्डहरुको मूल्य समायोजन भएको छ । बिहीबारको क्लोजिङ मूल्यलाई आधार बनाएर भाउ समायोजन गरिएको हो । जसमध्ये हाथवे इन्भेष्टमेन्टको १२ प्रतिशत बोनस सेयर समायोजन भएको छ ।समायोजनपश्चात हाथवे इन्भेष्टमेन्टको सेयरमूल्य ११२४.१० रुपैयाँ कायम भएको छ।
यता, सिटिजन्स सुपर ३० म्युचुअल फण्ड़को १२.७५ प्रतिशत, प्रभु सेलेक्ट फण्डको १२ प्रतिशत, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ को १५ प्रतिशत र एनएमबि ५० को १५ प्रतिशत नगद लाभांश समायोजन भएको हो । समायोजनपछि सिटिजन्स सुपर ३० को इकाईमूल्य ८.९० रुपैयाँ, प्रभु सेलेक्टको १०.४० रुपैयाँ, एनएमबि सुलभको ९.८८ रुपैयाँ र एनएमबि ५० को ९.९२ रुपैयाँ कायम भएको छ । यही समायोजित मूल्यका आधारमा आगामी आइतबार दोस्रो बजारमा यी स्टकहरुको कारोबार खुल्नेछ ।

