काठमाडौं । शुक्रबार सुनको भाउ प्रतितोला २ लाख नाघेको छ । सोसँगै सुनको मूल्यले रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ६०० रुपैयाँ पुगेको छ । बिहीबारको तुलनामा सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँ बढेको हो । शुक्रबार चाँदीको मूल्य २ हजार ३६० रुपैयाँमा कायम भएको छ ।


