टिम भेन्चर्सले आइपीओ जारी गर्ने

काठमाडौं । टिम भेन्चर्स लिमिटेडले आइपीओ प्रस्तावसहित वार्षिक साधारण सभा बोलाएको छ । सभा असोज ३ गते दूसिट प्रिन्सेस, लाजिम्पाट, काठमाडौंमा दिउँसो ३ बजेबाट सुरु हुनेछ । कम्पनीले सभामा आइपीओ जारी गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्नेछ । सभामा आर्थिक वर्ष २०८१-८२ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

आर्थिक वर्ष २०८२–८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डाहरु पनि रहनेछन् । सभामा कम्पनी गाभ्ने-गाभिने सम्बन्धमा पनि छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार