CLI

४ अर्ब ४२ करोड पुग्यो निर्जीवन बिमा कम्पनीहरुको सेयर बजारमा लगानी, राष्ट्रिय बिमाको सबैभन्दा धेरै

काठमाडौं । निर्जीवन बिमा कम्पनीहरुले असारमसान्तसम्म ४ अर्ब ४२ करोड १८ लाख रुपैयाँ बराबरको रकम सुचीकृत कम्पनीहरुको सेयरमा लगानी गरेका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.५४ प्रतिशत धेरै हो । अघिल्लो वर्ष बिमा कम्पनीहरुले ३ अर्ब ८६ करोड लगानी गरेका थिए ।

बिमा प्राधिकरणले सार्वजनिक गरेको रिपोर्ट अनुसार यी कम्पनीहरुमध्ये सबैभन्दा धेरै राष्ट्रिय बिमाले ७९ करोड ४१ लाख रुपैयाँ लगानी गरेको छ । सगरमाथा लुम्बिनीले ७१ करोड ९ लाख, नेकोले ५४ करोड १७ लाख, सिद्धार्थ प्रिमियरले ५० करोड ७६ लाख, आइजीआई प्रुडेन्सियलले ४७ करोड ७६ लाख रुपैयाँ बराबरको सूचीकृत कम्पनीको सेयरमा लगानी गरेका छन् ।

त्यस्तै, सानिमा जीआइसीले ३४ करोड ४४ लाख, हिमालयन एभरेष्टले २८ करोड १२ लाख, नेपाल इन्सुरेन्सले २१ करोड ८८ लाख, शिखरले २१ करोड ४० लाख, युनाइटेड अजोडले २० करोड ३० लाख, प्रभु इन्सुरेन्सले १२ करोड ७९ लाख रुपैयाँ लगानी गरेको छ ।

Leave Your Comment

Related News