प्रहरी महानिरीक्षकमा चन्द्रकुबेर खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा चन्द्रकुबेर खापुङलाई नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले १९ गतेदेखि लागू हुने गरी उनलाई महानिरीक्षक नियुक्त गरेको हो । हालका आईजीपी दिपक थापाले १८ गते राति १२ बजेदेखि अवकाश पाउँदैछन् । प्रधानमन्त्री केपी शर्मा ओली शनिबारदेखि चीन भ्रमणमा जाने भएकाले त्यसअघि बसेको मन्त्रिपरिषद् बैठकले नै प्रहरीको ३२औं आईजीपीको टुंगो लगाएको हो । खापुङ हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा प्रमुख छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार