काठमाडौं । नबिल ब्यालेन्स्ड फण्ड-२ र नबिल ब्यालेन्स्ड फण्ड-३ ले गत वर्षको नाफाबाट इकाईधनीलाई लाभांश घोषणा गरेका छन् । नबिल ब्यालेन्स्ड फण्ड २ र नबिल ब्यालेन्स्ड फण्ड-३ दुवैले १३ प्रतिशत प्रतिफल दिने घोषणा गरेका हुन् । प्रतिफल वितरण प्रयोजनार्थ भदौ २२ गते आइतबार बुक क्लोज हुने भएको छ । तसर्थ, भदौ १९ गतेसम्म कायम रहेका इकाईधनीहरुले मात्र प्रतिफल पाउनेछन् ।

