CLI

आइएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता र कर्मचारीहरुले ग्रान्डी हस्पिटलमा छुट पाउने

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र ग्रान्डी हस्पिटलबीच एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ।  यस सम्झौता अनुसार इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुले ग्रान्डी हस्पिटलमा उपचारसेवा लिदा १०% छुट प्राप्त गर्न सक्नेछन् । साथै, वेलनेस प्याकेजमा विषेश सहुलियत दिने विषयमा पनि सम्झौता भएको छ ।

सम्पर्क व्यक्तिको सम्पूर्ण जानकारी  कम्पनीको अधिकारिक बेवसाइटमा : https://imelifeinsurance.com/press-release/ मा राखिएको छ । उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एप (IME LIFE Mobile app) मा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन् भने, अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरी उक्त छुट सुविधाको लाभ लिन सक्ने कम्पनीले जनाएको छ । 

Leave Your Comment

Related News