काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि काउन्टरसाइक्लिक बफर (Countercyclical Capital Buffer) शून्य प्रतिशत कायम गरेको छ । “क”, “ख”, “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८१ मा संशोधन गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।
काउन्टरसाइक्लिक बफरको उद्देश्य वित्तीय प्रणालीलाई स्थिर राख्नु र आर्थिक उतार-चढावको समयमा बैंकहरूको जोखिम व्यवस्थापनमा सहयोग पुर्याउनु हो । यो निर्णय “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरूमा लागू हुनेछ । गत वर्ष पनि काउन्टर साइक्लिक बफर शून्य प्रतिशत कायम थियो ।

