काठमाडौं । रिलायबल समृद्धि योजनाले चालु आर्थिक वर्षको साउन महिनामा १ करोड २१ लाख रुपैयाँ नाफा कमाएको छ । गत असारमा फन्डले ३ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको थियो । रिपोर्ट अनुसार यस फन्डको न्याभ १०.३८ रुपैयाँ रहेको छ । अघिल्लो महिना न्याभ १०.२८ रुपैयाँ थियो । योजनाले सूचीकृत कम्पनीको सेयरमा ६९ करोड ७३ लाख रुपैयाँ लगानी गरेको छ । अघिल्लो महिना यसले ५९ करोड १५ लाख लगानी गरेको थियो । बैंक मौज्दातमा ३२ करोड ८७ लाख रुपैयाँ रहेको छ । मुद्दतिमा १७ करोड रुपैयाँ जम्मा रहेको छ ।
रिलायबल समृद्धि योजनाले कमायो १ करोड २१ लाख नाफा, न्याभ कति ?

