अवितरित हकप्रद सेयर लिलामीमा बिक्री गर्दै एसियन लाइफ

काठमाडौं । एसियन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले भदौ २२ गतेदेखि अवितरित हकप्रद सेयर लिलामी बिक्री खुला गर्ने भएको छ । कम्पनीले गत असार २५ गतदेखि साउन २० गतेसम्म १ बराबर ०.४२ अनुपातमा निष्काशन तथा बिक्री गरेको हकप्रद सेयरमा आवेदन नपरेको हकप्रद सेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री गर्न लागेको हो । कम्पनीले सर्वसाधारण समूहको ३ लाख २८ हजार ४७३.९१ कित्ता र ३० हजार ३८.५७ कित्ता संस्थापक समूहकको अवितिरत हकप्रद सेयर लिलाम बिक्री गर्न लागेको हो ।

सो सेयर खरिदका लागि इच्छुक लगानीकर्ताले भदौ २९ गतेभित्र बोलपत्र पेश गर्नुपर्नेछ । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बोलकबोल पेश गर्दा साधारण सेयरमा न्यूनतम १०० कित्ता र संस्थापक सेयरमा १००० कित्ताका लागि आवेदन दिनु पर्नेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले मुक्तिनाथ क्यापिटलका साथै मुक्तिनाथ विकास बैंकका ठिमी, कुमारिपाटी, विराटनगर, बिर्तामोड, वीरगञ्ज, जनकपुर, हेटौँडा, नारायणगढ, पोखरा, बाग्लुङ्ग, बुटवल, घोराही, नेपालगञ्ज, विरेन्ट्रनगर, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट बोलपत्र आवेदन फाराम प्राप्त गर्न र बुझाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार