काठमाडौं । भौतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले रोजगारी सृजना र प्रवर्द्धन हुने कार्यक्रमलाई प्राथमिकतामा दिएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित विद्युतीय परिवहन प्रालीको विशेष साधारणसभालाई सम्बोधन गर्दै उनले रोजगारी प्रवर्द्धनका लागि विभिन्न तालिम, प्रशिक्षण तथा सीप हस्तान्तरणका कार्यक्रम सन्चालन गरि रहेको पनि बताए ।
वातावरणमैत्री र स्वच्छ उर्जाको उपयोग गरि थप रोजगारी सृजना तर्फ लाग्नु पर्ने उनले उल्लेख गरे । स्वदेशमै उत्पादित विद्युतको उपयोग प्रवर्द्धन गरि नेपाली मुद्रा विदेश जानबाट रोक्न सकिने तर्फ ध्यान दिने बेला आएको पनि मन्त्री दाहालले बताए । विद्युतीय परिवहनको माध्यमबाट नेपाली महिला तथा युवाहरु स्वरोजगार समेत भइरहेकोले यस क्षेत्रलाई आवस्यक नियम बनाइ थप व्यवस्थित पारिने समेत उनले उल्लेख गरे ।
कार्यक्रममा संघीय सान्सद ठाकुर गैरे, विभिन्न यातायात व्यावसायि लगायतले विद्युतीय यातायात प्रवर्द्धनमा जोड दिए । कार्यक्रम विद्युतीय परिवहन प्रालीका अध्यक्ष हुमप्रसाद पोख्रेलको अध्यक्षतामा भएको थियो ।

