नेपाल वितरक संघको साधारणसभा सम्पन्न प्रेमहरि मैनालीको अध्यक्षतामा कार्यसमिति निर्बाचित

काठमाडौं । नेपाल वितरक संघको २४औं साधारणसभाले प्रेमहरि मैनाली अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।  बितरक संघको नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष नवराज दाहाल, उपाध्यक्ष केशवप्रसाद मैनाली, महासचिव गणेशप्रसाद तिमिल्सिना, सचिवमा अशोक कुमार कँडेल, कोषाध्यक्षमा दिनेशमणि रिसाल र सहकोषाध्यक्षमा रमेश प्रजापती रहेका छन् ।

त्यसैगरि संघको कार्यसमिति सदस्यमा विनोद अधिकारी, भोजप्रसाद फुयाल (उमेश), दिपक घिमिरे, कपिल रेग्मी, निलकण्ठ ढकाल, रामप्रसाद ढकाल, फणिन्द्र खड्का (विकास), रुकेश महर्जन, किरण कार्की, भुवन श्रेष्ठ, प्रविण कुमार कर्माचार्य, सन्तोष पौडेल, सुवोध झा, गणेश कार्की र जयराम लवजू निर्वाचित भएका छन् ।

नेपाल वितरक संघको २४औं साधारणसभा प्रतिनिधि सभाका सदस्य तथा अर्थ समितिका सभापति सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा  सम्पन्न भएको  थियो ।

नव निर्वाचित अध्यक्षकले वितरण व्यवसायका समस्या समाधानमा पहल गर्ने प्रतिबद्धता जाहेर गरेका छन। उनले सर्वसम्मत अध्यक्ष निर्वाचित गर्ने सम्पूर्ण सदस्यप्रति आभार व्यक्त गरेका छन् । ‘मलाई विश्वास गरी सर्वसम्मत अध्यक्ष चयन गर्नुहुने सबै साथीहरुप्रति म आभार व्यक्त गर्दछु,’ उनले भने । सम्पूर्ण कार्यसमितिलाई साथमा लिएर वितरण व्यवसायको हकहितका क्षेत्रमा क्रियाशील भएर काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् । ट्राफिक समस्या, क्रेडिट समस्या लगायत नीतिगत समस्या समाधानलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने उनको प्रतिबद्धता छ ।

आयात भएका र नेपालमा उत्पादन भएका उपभोग्य सामानहरु वितरकहरुमार्फत बजारमा जाने र आर्थिक क्षेत्र चलायमान बनाउनमा वितरकहरुको योगदान महत्वपूर्ण रहेको मैनालीले बताए । ‘वितरण व्यवसायबाट नेपालको आर्थिक क्षेत्र चलायनमान बनाउनमा सकारात्मक योगदान पुगेको छ,’ उनले भने, ‘यो व्यवसायलाई राज्यले पनि प्राथमिकतामा राख्न जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार