सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं । सुनको भाउ प्रतितोला २ लाख नाघेको छ ।

आइतबार सुनको मूल्य २ लाख ३ हजार ६सय सय पुगेसंगै सुनको मूल्यले रेकर्ड ब्रेक गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ६ सयमा कारोबार भएको सुन आइतबार ३ हजारले बढेको हो । यो मूल्य हालसम्मकै उच्च हो ।
यसैगरी आईतबार चाँदीको मूल्यमा पनि वृदि भएको छ । आईतबार चांदी २ अजार ४ सय २५ रुपैयामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार चांदी २ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार