CLI

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधरण सभा असोज ४ गते

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था को साधरण सभा असोज ४ गते हुने भएको छ । सभा स्काई लक्ज हिटल, इटहरी मा हुनेछ । सो सभा मा ७० प्रतिशत संस्थापक सेयरधनी समूहको र ३० प्रतिशत सर्वसाधारण सेयरधनीको सेयर परिवर्तन गरी संस्थापक समूहको सेयर ६० प्रतिशत र सर्वसाधारण समूहको सेयर ४० प्रतिशत हुने गरी वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न प्रस्ताव पेश गर्ने छ ।

साधारण सभा प्रयोजनाका लागि भाद्र ५ गते वित्तीय संस्थाको शेयरधनी बुक क्लोज रहनेछ । २०८२ भाद्र ५ गते भन्द अघि कारोबार भई प्रचलित कानून बमोजिम यस वित्तीय संस्थाको शेयर रजिष्ट्रार आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड, काठमाण्डौंमा प्राप्त शेयर नामसारी लिखतको आधारमा शेयरधनी दर्ता किताबमा कायम शेयरधनीहरूले मात्र उक्त सभामा उपस्थित हुन पाउनेछन् ।

Leave Your Comment

Related News