८ अर्ब ४ करोड बराबरको ट्रेजरी बिल नविकरण गर्दै सरकार

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार ८ अर्ब ४ करोडको ट्रेजरी बिल नविकरण गर्दैछ ।

आन्तरिक ऋण उठाउने उद्देश्ले जारी गरेको उक्त रकम बराबरको ट्रेजरी बिलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले सहभागी हुन सक्ने छन् । कर्जा लगानी गर्न नसक्दा आन्तरिक ऋण उठाउने प्रयोजनका लागि सरकारले जारी गरेको ट्रेजरी बिलमा बैंक तथा वित्तीय संसथाहरुले प्रतिस्पर्धा गर्न लागेको हुन् ।

कार्यालयका अनुसार ९१ दिनका लागि ६ अर्ब ४ करोड र ३६४ दिनका लागि २ अर्ब बराबरको ट्रेजरी बिल बोलकबोल गर्न लागिएको हो । यो ट्रेजरी बिल क्रमशः २०८२ मंसिर १६ गते र २०८३ भदौ १६ गते भित्र परिपक्व हुनेछ । ९१ दिन र ३६४ दिन अवधि रहने ट्रेजरी बिलको लागि सोमबार १० बजे देखि ३ बजेसम्म आवेदन दिन सकिने छ ।

यसअघि साउन भदौ ५ गते कार्यालयले ट्रेजरी बिल सार्वजनिक गरेको थियो । २८ दिनको लागि ५ अर्ब बराबरको ट्रेजरी बिल सार्वजनिक गरेको थियो । ५ अर्ब बराबरको ट्रेजरी बिलको लागि २४ अर्ब १६ करोडको बोल परेको थियो । जसमा औसत छुटदर २.४५७७ प्रतिशत रहेको थियो ।

पछिल्लो सयम ट्रेजरी बिल बिक्री नभए सँगै कार्यालयले ८ अर्ब ४ करोड बराबरको नविकरण गरेको हो । । ट्रेजरी बिलको छुटदर करिब ३ प्रतिशत रहेसँगै प्रतिस्पर्धा बढेको हो । तरलता प्रशोचन गर्ने क्रममा बैंकहरुको आर्कषण ट्रेजरी बिलमा बढेको हो । तरलता प्रशोचनका लागि बैंकहरुले ऋणपत्रमा लगानी गर्न खोजिरहेका छन् , जसले गर्दा अल्पकालिन ब्याजदरहरु समेत घट्दै गएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार