काठमाडौं । कोष प्रवद्र्धक लक्ष्मी सनराइज बैंक लिमिटेड तथा कोष व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको लक्ष्मी सस्टेनेवल इनर्जी फण्ड Laxmi Sustainable Energy Fund-LSEF ले निर्धारित १ अर्ब रकम संकलन छ । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडद्वारा व्यवस्थित पहिलो प्राइभेट इक्विटी फण्ड हो । जलबिद्युत, सौर्य, वायु उर्जा तथा अन्य क्षेत्रमा लगानी गरी नेपालको दिगो उर्जा क्षेत्रको विकासमा टेवा पुर्यायाउनु फण्डको मुख्य उद्देश्य रहेको बताइएको छ ।
कम्पनीले फण्डको उद्देश्य पूर्तिमा निरन्तर समर्थन, विश्वसनियताका लागि सम्पूर्ण लगानीकर्ताहरु प्रति हामी आभार व्यक्त गरेको छ ।
लक्ष्मी सनराइज क्यापिटल लिमिटेड Operating Principles for Impact Management मा हस्ताक्षरकर्ता समेत रहि आएको छ ।

