काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहकले र्याडिसन होटलमा विशेष छुट पाउने भएका छन् । सो सम्बन्धमा होटल र बैंकबीच सम्झौता भएको छ । समझदारीसँगै एन आई सी एशिया बैंकका ग्राहकले याडिसन होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट पाउने भएका हुन् ।
बैंकका ग्राहकले उक्त होटलमा सेवा लिँदा खाना तथा पेय पदार्थ तथा फिटनेस सेन्टर (जीम)मा २० प्रतिशत छुटको सुविधा हुने बैंकले उल्लेख गरेको छ भने Airport Lounge and Restaurant, Pastry Shop / Tranquillity Spa मा १५ प्रतिशतको छुट पाउने उल्लेख गरिएको छ ।
यो सुविधाको उपभोग गर्न ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोवाइ बैंक (MoBank) एपमार्फत भुक्तानी गर्नुपर्ने छ । उक्त होटलसँगको यस सहकार्यले ग्राहकलाई छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

