काठमाडौं ।रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड आठौं बर्ष पुरा गरि नवौं बर्ष प्रबेश गरेको छ । कम्पनीले ९नौं बर्ष प्रवेश गरेको अबसरमा बार्षिकउत्सब बिभिन्न कार्यक्रम गरि मनाएको छ । सोहि बार्षिक उत्सव मनाउने क्रममा कम्पनीले ८ वर्ष पुरा गरी नवौं वर्षमा प्रवेश अबसरमा कम्पनीप्रति विश्वास गरी बीमालेख खरिद गर्ने बीमितहरु, नियमनकारी निकायहरु, कम्पनीको पहुँचलाई दुर दराज सम्म पुर्याउन अहं भूमिका निर्बाह गर्ने रिलायबल एडभाइजरहरु, शेयरधनीहरु, समर्पित कर्मचारी , पत्रकार, लगायत समस्त सरोकारबालाहरुलाई आभार व्यक्त गरेको छ ।
कम्पनीले ८ बर्षमा प्राप्त गरेको उचाईले थप कार्य गर्नको लागी उर्जा प्राप्त भएको र भविष्यमा अझ ठुलो जिम्मेबारी वहन गर्नको लागी थप प्रेरणा प्राप्त भएको भन्दै आगामि दिनमा थप सहयोग तथा विश्वासको अपेक्षा गरेको जनाएको छ । कम्पनीले आगामी दिनमा सेवा उच्च प्राथमिकता राखी, थप ग्राहक मैत्री भई उत्कृष्ट कारोबार गर्ने प्रतिबद्य्ता व्यक्त गरेको छ ।
कम्पनीले गत आर्थिक वर्ष मात्रै ५७ करोड बराबर नाफा आर्जन गरेको जनाएको छ । त्यसैगरी कम्पनीले नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पूँजी पुरा गरी ५ अर्व १९ करोड भएको छ । कम्पनीले कुल लगानी गत आर्थिक वर्षको अन्त्यमा २० अर्बको हाराहारीमा रहेको छ भने गत आ.व. मा कम्पनीले १ अर्व ४३ करोड दाबी भुक्तानी प्रदान गरेको छ ।
वार्षिक उत्सवको अवसरमा कम्पनीका कर्मचारी तथा एडभाइजरहरु समेतको उल्लेख्य सहभागितामा केन्द्रीय कार्यालयवाट ज्ञानेश्वरवाट मैतिदेवि, डिल्लीवजार, पुतलीसडक, कृष्ण पाउरोटी हुँदै पुनः केन्द्रिय कार्यालय ज्ञानेश्वर सम्म बीमा जागरण सहितको प्रभातफेरी र अन्य शाखाहरुमा विभिन्न कार्यक्रम गरी आठौं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न गरेको छ ।
कम्पनीले आठौं बार्षिकउत्सबको अबसरमा देशभर गरेका कार्यक्रमहरु ।
महेन्द्रनगर, धनकुटा, लहान, भैरहवा शाखाहरुमा रक्तदान तथा स्थास्थ्य सिविर, राजविराज, चितवन, सुन्दर बजार, मिर्चैया शाखामा वृक्षारोपण, पुतलीबजार, विराटनगर, सुर्खेत, बुटवल, गोरखा, धनगढी, दमौली, वनेपा, इलाम, शाखाहरुद्धारा विद्यालयहरुलाई शैक्षिक सामाग्रीहरु तथा वृद्धाश्रममा खाध्य सामाग्रीहरु वितरण तथा सरसफाई

