काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले डिजेल र मट्टितेलको मूल्य प्रति लिटर ४ रुपैँया घटाएको छ । निगमले भोलि भदौ १७ २०८२, १ बजेबाट लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य घटाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ बढाएको छ भने र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ४ रूपैयाँ घटाएको छ । मट्टितेल र डिजेलको मूल्य पहिलो बर्गलाई प्रतिलिटर १४२.५० रुपैयाँ दोस्रो वर्गलाई १४४ रुपैयाँ तेस्रो वर्गको लागि १४५ रुपैयाँ कायम हुनेछ ।
आयल न िगमका अनुसार पेट्रोल प्रतिलिटर ०.३९ रुपैया,मट्टितेल र डिजेल ३ रुपैया ९६ पैसा र हवाई इन्धन १ रुपैँया ४८ पैसाले घटेर आएको जनाएको छ ।
आयल निगमले हवाइ इन्धन आन्तरिक तर्फ प्रति लिटर १ रुपैँया र अन्तराष्ट्रिय तर्फ काठमाण्डौको लागि प्रतिकिलोलिटर ७ अमेरिकि डलरले घटाएको छ । आयल निगमले एलपीग्यासको मूल्य यथावत राखेको छ ।
निगमले भारतीय आयल कर्पोरेसन (आइओसी) ले आज अथात् साउन ३० गतेबाट इण्डियन आयल कर्पोरेसनबाट पेट्रोलिय पदार्थको मूल्य घटेर आए सँगै नयाँ मूल्य तोकेको जनाएको छ ।
निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँ अनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ। पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्।
आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफैं कच्चा तेल खरिद गर्दैन। आइओसीबाट आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ। यसरी पेट्रोलियम किनेबापत् आइओसीले हरेक महिना पन्ध्र–पन्ध्र दिनमा आयल निगमलाई मूल्य पठाउँछ।
आइओसीले पठाउने मूल्य उसले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित हुन्छ। लागत मूल्यमा आफ्नो प्रशोधन शुल्क लगायत खन्य खर्चहरू जोडेर आइओसीले नेपालको निम्ति बिक्री मूल्य तय गर्छ।
त्यसपछि आयल निगमले पेट्रोलियम आयात गरे बापत् सरकारलाई तिर्नुपर्ने भन्सार लगायत महसुलहरू, आफ्नो प्रशासनिक खर्च, ढुवानी लागत र डिलर कमिसनसमेत जोडेर उपभोक्ता मूल्य तय गर्छ। यसरी हामीले किन्ने पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण हुन्छ।
यो प्रक्रियामा पेट्रोलियमको मूल्य तय हुने सबभन्दा ठूलो आधार भनेकै आइओसीले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको मूल्य हो।

