काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडले सर्वसाधारणको लागि आजदेखी आईपीओ साधारण शेयर सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको छ । कम्पनीले जारी पूँजी ८३ करोड को ३५ प्रतिशत अर्थात २९ करोड ५लाख रकम बराबरको प्रति कित्ता १सयका दरले २९ लाख ५ हजार कित्ता साधारण शेयर सर्वसाधारणको लागि निष्काशन गर्न लागेको हो ।
कम्पनीले जारी पूँजीको १०% हुन आउने ८ करोड ३० लाख रकम बराबरको रप्रयो कित्ता १ सय का दरले ८ लाख ३० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि र बाँकी २० करोड ७५ लाख को अंकित मुल्य प्रति कित्ता १सय को दरले २० लाक ७५ हजार कित्ता साधारण शेयर मध्ये १० प्रतिशत अर्थात २ लाख ७ हजार ५ सय कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि, ५ प्रतिशत अर्थात१० लाक ३ हजार ७ सय ५० कित्ता साधारण शेयर सामूहिक लगानी कोषहरु र ३ प्रतिशत अर्थात ६२ हजार २ सय ५० कित्ता साधारण शेयर कम्पनीका कर्मचारीहरुका लागि निष्काशन तथा बाँडफाँड गरे पश्चात् बाँकी रहेको १७ लाक १ हजार ५ सय कित्ता कित्ता साधारण शेयरहरु सर्वसाधारणको लागि २०८२ भाद्र १६ गते सोमबार देखि निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो ।
कम्पनीको शेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम अधिकतम: २०हजार कित्ता शेयको लागि आवेदन दिन सक्नेछन् ।
इचछुक आबेदकले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सम्पूर्ण सि-आस्वा (C-ASBA) सदस्य बैंक तथा वित्तीय संस्थाहरु मार्फत वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट | निर्माण गरिएको सफ्टवेयर “मेरो शेयर” अनलाइन प्रबिधि मार्फत लगानी गर्न सक्नेछन् ।
यो शेयर मा २०८२ भदौ १६ देखी २०८२ भदौ १९ गते बैंकिङ्ग समय सम्म आवेदन दिन सक्नेछन तोकिएको समयमा शेयर बिक्रि नभएमा कम्पनीले २०८२भदौ ३० सम्म समायबधि थप गर्न सक्ने छ
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपाल लिमिटेड, पुतलिसडक, काठमाण्डौंबाट इस्युर रेटिङ्ग गराई २०८० माघ २५ गते “CARE-NP B (IS) [Single B (Issuer)]” प्रमाणपत्र प्राप्त गरेको छ ।
कम्पनीको शेयर निश्काशन तथा बिक्रि प्रवनधकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको रजिष्ट्रार कार्यालय : ललितपुर लिल्ला, ललितपुर म.न.पा. – ३, धोविघाट, ललितपुर, बागमती, नेपालमा रहेको छ ।

