फ्लोरिड ल्याबोरेटोरिजले आइपीओ जारी गर्ने

काठमाडौं । फ्लोरिड ल्याबोरेटोरिज लिमिटेडले आइपीओ प्रस्तावसहित वार्षिक साधारण सभा बोलाएको छ । सभा असोज ७ गते कम्पनीको रजिष्ट्रर्ड कार्यालय, धापाखेल ललितपुरमा दिउँसो १ बजेबाट सुरु हुनेछ । कम्पनीले सभामा आइपीओ जारी गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्नेछ । सभामा आर्थिक वर्ष २०८१-८२ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा  छलफल हुनेछ । आर्थिक वर्ष २०८२–८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डाहरु पनि रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार