काठमाडौं । पछिल्ला दिनमा सुनको मुल्य निरन्तर बढेको छ । सोमबार सुनको मूल्य २ लाख ५ हजार ३ सय रुपैयाँ पुगेसँगै हालसम्म कै उच्च मूल्य पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबारको तुलनामा सोमबार सुन प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेको हो ।
आइतबार सुनको मूल्य २ लाख ३ हजार ६ सय रुपैयाँ कारोबार भएको महासंघले जनाएको छ ।
यसैगरी सोमबार चाँदीको मूल्यमा पनि वृदि भएको छ । सोमबार चाँदी प्रतितोला ४५ रुपैयाँले बढ्दै २ हजार ४७० रुपैयाँ पुगेको छ । आइतबार चाँदी प्रतितोला २ अजार ४ सय २५ रुपैयामा कारोबार भएको थियो ।

