CLI

राष्ट्र बैंकले ल्यायो एसआइपीएस, वित्तीय प्रणालीको जोखिम रोक्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘फ्रेमवर्क फर आइडेन्टिफाइङ सिस्मेटिक्कली इम्पोर्टेन्ट पेमेन्ट सिस्टम (एसआपीएस) ल्याएको छ।

भुक्तानी प्रणालीहरुको पहिचान गरी त्यस्ता प्रणालीको सञ्चालन एवं व्यवस्थापनलाई थप सुदृढ, सुरक्षित तथा प्रभावकारी बनाउने उद्देश्यका साथै एसआइपीएस तयार गरिएको केन्द्रीय बैंकले जनाएको छ।

यसको मुख्य उद्देश्य त्यस्ता भुक्तानी प्रणालीहरु पहिचान गर्नु हो, जसको अवरोधले व्यापक वित्तीय प्रणालीमा जोखिम उत्पन्न र प्रसारित गर्न सक्छ। वित्तीय तनाव वा सञ्चालन अवरोधको अवधिमा महत्वपूर्ण भुक्तानी प्रणालीको लचिलोपन र निरन्तरता सुनिश्चित गर्ने पनि यसको अर्को उद्देश्य रहेको छ।

यसैगरी विभिन्न प्रकारका जोखिम पहिचान गर्ने र तिनीहरु कसरी उत्पन्न हुन सक्छन् र प्रणालीमा प्रसारित हुन्छन् भन्ने कुरा बुझ्ने पनि यसको उद्देश्य रहेको केन्द्रीय बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार एसआइपीएसले निगरानी, व्यवस्थापन र नियन्त्रणका लागि उपयुक्त र प्रभावकारी संयन्त्र विकास गर्न जोखिमको मूल्यांकन र विश्लेषण गर्नेछ। ‘प्रणालीगत जोखिम कम गर्न समयबद्धता र फर्छ्यौट निश्चितता महत्वपूर्ण छ’, राष्ट्र बैंकले भनेको छ, ‘भुक्तानी वास्तविक समयमा सञ्चालन गरिनुपर्छ वा नेटिङ व्यवस्थाका लागि उही व्यापारिक दिनभित्र पूरा गरिनुपर्छ। स्पष्ट रुपमा परिभाषित अन्तिमता नियमले लेनदेनको अपरिवर्तनीयताका बारेमा सहभागीहरुलाई आश्वासन प्रदान गर्नुपर्छ।’

Leave Your Comment

Related News