मेन्छियाम हाइड्रोपावर लिमिटेड १७ करोड घाटामा

काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सर्वजनिक गरेको छ । वित्तीय विवरण अनुसार गत आर्थिक वर्षमा कम्पनी १७ करोड ९४ लाख ४३ हजार रुपैयाँ घाटामा देखिएको छ । अघिल्लो वर्षको यसले २ करोड १६ लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो ।

कम्पनीको विद्युत उत्पादन सुरु भएपनि यसले घाटा खाएको छ । गत आर्थिक वर्ष कम्पनीले विद्युत बिक्रीबाट ३ कारोड ३८ लाख रुपैयाँ आम्दानी गरेको छ । प्रशासनिक खर्च बढेको कारण कम्पनीले घाटा व्यहोरेको हो । ६ करोड ८० लाख वित्तीय खर्च गरेको छ । असार मासान्तसममा कम्पनीको प्रतिसेयर नेटवर्थ १५.०३ रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी ३३.०७ ऋणात्मक छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार