काठमाडौं । एलजी ले आफ्नो ४० वर्षे यात्रालाई उपभोक्तासँग संयुक्त उत्सवका रूपमा मनाउँदै “खुशीको ४० वर्ष” नामक दशैँ–तिहार विशेष अभियान सार्वजनिक गरेको छ। दशैँ–तिहारको उल्लासमा उपभोक्तालाई थप उत्साहित बनाउन एलजीले आकर्षक छुट र उपहारसहित विशेष स्किम सुरु गरेको हो।
नेपालमा एलजी उत्पादनको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्स मार्फत उपलब्ध यो अभियानअन्तर्गत, उपभोक्ताले ४० प्रतिशत सम्म नगद छुट र पक्का उपहार प्राप्त गर्ने अवसर पाउनेछन्। यो विशेष अफर भाद्र १६ गतेदेखि नेपालभर सीमित अवधिसम्म लागू हुनेछ।
मुख्य आकर्षण
फ्रन्ट लोड वाशिङ मेसिन (११ के.जि. सम्म) – ६ के.जि. एरियल म्याटिक उपहार
फ्रन्ट लोड वाशिङ मेसिन (१३ के.जि.+) – इन्डक्सन चुलो उपहार
टप लोड / ट्विन टब वाशिङ मेसिन – ३ लि. एरियल लिक्विड उपहार
डिशवाशर – २ प्याक डिशवाशिङ ट्याब्लेट उपहार
साइड-बाइ-साइड फ्रिज – माइक्रोवेभ ओभन उपहार
डबल डोर फ्रिज (३०८ लि. सम्म) – प्रेशर कुकर उपहार
डबल डोर फ्रिज (३४० लि.+) – मिक्सर ग्राइन्डर उपहार
माइक्रोवेभ ओभन – कुकिङ किट उपहार
एयर कन्डिसनर – निःशुल्क इन्स्टलेसन
अतिरिक्त सुविधा
शून्य प्रतिशत EMI (अन-द-स्पट, नो-कस्ट) – सजिलो किस्ताबन्दी खरिद
३२” वा सोभन्दा ठूलो टिभी किन्दा – ९ महिनाको नेट टिभी सब्स्क्रिप्सन
एलजी नेपाल
नेपाली इलेक्ट्रोनिक्स बजारमा ४० वर्षको विश्वास बोकेको एलजी नेपाल गुणस्तर र नवीनताको पर्याय हो। घरायसी उपकरण, होम इन्टरटेन्मेन्ट, एयर सोलुसन लगायतका अत्याधुनिक प्रविधिसहित एलजीले उपभोक्ताको जीवनलाई सहज र आधुनिक बनाउन निरन्तर योगदान दिँदै आएको छ।

