काठमाडौं । ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१ को बुक क्लोज मिति तय भएको छ । फन्डले लाभांश प्रयोजनार्थ भदौ २७ गते बुक क्लोज गर्दैछ । तसर्थ, भदौ २६ गतेसम्म कायम इकाईधनीले मात्र लाभांश हात पार्न सक्नेछन् । फन्डले इकाईधनीहरुलाई गत वर्षको नाफाबाट कर सहित १२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

