काठमाडौं । आबिबि मर्चेन्ट बैंकिंङ लिमिटेले आफ्नो व्यवस्थापनमा आरबिबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सामूहिक लगानी कोष आरबिबि फोकस ४० को इकाई खुला भएको छ ।
आरबिबि मर्चेन्ट बैंकिंङले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड आरबिबि फोकस ४० को इकाई बिक्रीमा ल्याएको हो । जसमध्ये न्यूनतम १ करोड ४० लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १४ प्रतिशत इकाई कोष प्रबर्द्धक राष्ट्रिय वाणिज्य बैंकका लागि र न्यूनतम १० लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १ प्रतिशत इकाई योजना व्यवस्थापक आरबिबि मर्चेन्ट बैंकिङ्गका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी ८ करोड ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्।
सो योजनामा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । निष्काशन बन्द छिटोमा भदौ २२ गते हुनेछ। उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा असोज १ गतेसम्म निष्काशन अवधि लम्बिन सक्छ।

