सुनको भाउ २ हजार रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । बुधबार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा छापावाला सुन प्रतितोला २ लाख ५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

युस दिन चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको छ । चाँदीको तोलामा २ हजार ४८० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । मंगलबारको बजारमा चाँदी तोलाको २ हजार ४८५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार