काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले तेस्रो वार्षिक साधारणसभा असोज ८ गतेका लागि आह्वान गरेको छ। कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने प्रस्तावलाई निरन्तरता दिने लगायतका विषयमा छलफल गर्न सभा बोलाएको हो।
कम्पनीको साधारणसभा काठमाडौंको डिल्लीबजारमा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान ११ बजेदेखि आयोजना हुनेछ।
सभामा विशेष प्रस्तावहरूको रुपमा आईपीओ निष्कासन गर्ने पुरानो निर्णयलाई निरन्तरता दिने, नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डबाट प्रबन्धपत्र तथा नियमावलीमा संशोधनको माग भएमा त्यसको अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय पास गरिने भएको छ ।
यसैगरी, सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र वित्तीय विवरणहरू पनि पारित गरिनेछ। कम्पनीले नेपाल धितोपत्र बोर्ड समक्ष ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता आईपीओ निष्कासनको अनुमति माग गर्दै २०८१ वैशाख ३० गते आवेदन दिएको थियो।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा ग्लोबल आइएमई क्यापिटल रहेको छ। सेबोनबाट अनुमति पाएसँगै कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आईपीओ जारी गर्नेछ।

