काभ्रे मालपोतमा अख्तियारको छापा, २ लाखसहित नासु भण्डारी पक्राउ

काभ्रेपलाञ्चोक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय काभ्रेमा छापा मारेको छ ।

बुधबार बिहान ११ बजेतिर अख्तियारको टोलीले मालपोत कार्यालयमा छापा मारेको हो । त्यसक्रममा मुद्दा फाँटका कर्मचारी नासु ज्ञानेन्द्र भण्डारीलाई दुई लाख नगदसहित अख्तियारले नियन्त्रणमा लिएको हो ।

नासु भण्डारीलाई पक्राउ गरेर स्थानीय जनप्रतिनिधिसहित प्रहरीको टोलिले मुचुल्का उठाउने काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार