काठमाडौंका लागि खुल्यो खसी बोका च्यांङग्रा अनलाइन अग्रिम बुकिङ, १० वटा सम्म अग्रिम बुकिङको सुविधा

काठमाडौं । खाध व्यवस्थ तथा व्यापार कम्पनी लिमिटेडले गत सोमबार राति देखि  काठमाडौं उपत्यकाका लागि खसी, बोका र च्यांङग्रा अनलाइन  अग्रिम बुकिङ खुल्ला गरेको छ । काठमाडौं उपत्यकाका लागि कम्पनीको वेबसाइट मा गएर खसी बोका च्यांग्रा अनलाइन बुकिङ्ग गर्न सकिनेछ   ।

कम्पनीका अधिकारी रमेश पन्तका अनुसार पहिलो पटक खसी बोका र च्यांङग्रा को लागि बुकिङ्ग प्रक्रियाबाट खरिद गर्न सकिने व्यवस्था मिलाइएको बताए । उपभोक्तालाई सहजताका लागि अनलाइन प्रणालीको व्वस्था तथा अग्रिम बुकिङको वातवरण तयार गरिएको उनले जानकारी दिए ।

खसी बोका र च्यांङग्रा खरीद पछि अनलाइन भुक्तानिको समेत व्यवस्था गरेको छ । यसका लागि इसेवा, खल्ती र आईएमईबाट  बाटा भुक्तानि गर्न सकिनछ । खसी बोकाको लागि बुकिङ्ग मूल्य ४ हजार र च्यांङग्रा को लागि ५ हजार तोकिएको छ । एक पटकमा १० वटा सम्म बुकिङ गर्न पाउनेछ ।कम्पनीले दशैं र तिहारको समयमा खसी बोका र च्यांङग्रा बिक्री गर्ने गर्छ भने अन्य अवस्थामा खाद्यन्न विक्री वितरण गर्ने काम गर्दै आएको छ ।

खसी,बोका तथा च्याङ्ग्राको अनलाइन अग्रिम बुकिङका लागि नियम तथा सर्तहरु एस प्रकार छन्।खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडद्वारा खसी,बोका तथा च्याङ्ग्राको अग्रिम बुकिङ गर्दा तलका नियम तथा सर्तहरू लागू हुनेछन्:-

१. अनलाइन फाराम भरेर तोकिएको अग्रिम रकम बुझाएपछि मात्र बुकिङ्ग मान्य हुनेछ।बुकिङ्गको कोड नम्बर/खसी, बोका तथा च्याङ्ग्रा संकलनको समयमा अनिवार्य रुपमा देखाउनु पर्नेछ।ग्राहकले एकपटक बस्तु बुझिसकेपछि पुनः पुरानै कोड नम्बर लिई आएमा कम्पनीले बस्तु उपलब्ध गराउन बाध्य हुनेछैन ।
२. कम्पनीले उपभोक्ताको माग बमोजिम बस्तु उपलब्ध गराउन नसकेको अवस्थामा बाहेक अन्य अवस्थामा अग्रिम भुक्तानी वापतको रकम फिर्ता हुनेछैन।
३. उपभोक्ता कम्पनीको बिक्री केन्द्रमा आई बस्तु छनौट गरेपश्चात बस्तुको पर्न आउने कूल मोलमा अग्रिक भुक्तनी बापतको रकम घटाई बाँकी रकम भुक्तानी गर्नुपर्नेछ।
४. बस्तुको मूल्य कम्पनीले निर्धारण गरेको प्रति के.जी दर अनुसार हुनेछ।तौलमा सानोतिनो भिन्नता हुन सक्छ, अन्तिम रकम वास्तविक तौलानुसार निर्धारण हुनेछ।
५. तोकिएको मितिमा यस कम्पनीको बागमती प्रादेशिक कार्यालय, थापाथली प्राङ्गणबाट मात्र खसी,बोका तथा च्याङ्ग्राहरू प्राप्त गर्न सकिनेछ।आफूले बुकिङ्ग गरेको बस्तु समयमै लिन नआई पछि दाबी गर्न आएमा अग्रिम भुक्तानी बापतको रकम फिर्ता गरिनेछैन।
६. कम्पनीले उपलब्ध गराउने खसी बोका तथा च्याङ्ग्राहरू स्वास्थ्यदायी र मापदण्डअनुरूपका हुनेछन्। विशेष जात वा रंगको सुनिश्चितता गर्न सकिने छैन।
७. यी शर्तहरू नेपालका प्रचलित कानुन अनुसार लागू हुनेछन्।विवाद भएमा प्रचलित कानुनबमोजिम हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार