काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १५.६४ अंकले घटेर २७२६.३३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.७४ अंकले घतेर ४७०.९४ विन्दुमा पुगेर बन्द भएको छ । फलोट इन्डेक्स १.१६ अंकले र सेन्सेटिभ इन्डेक्स ०.९५ अंकले घटेको हो ।
बुधबार ३२६ वटा कम्पनीको १ करोड १३ लाख ४५ हजार ९९४ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ४ अर्ब ७२ करोड ८० लाख पुगेको छ ।कारोबार रकम मगंलबारको तुलनामा ६२ करोड ३४ लाखले बढी हो ।
मगंलबार ३२३ वटा कम्पनीको १ करोड ५ लाख ३५ हजार ८७४ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम कम ४ अर्ब १० करोड ४६ लाख पुगेको थियो ।
यसदिन बजार पुँजीकरण रकम ४ खर्ब ७२ अर्ब ८० करोड रहेको छ ।
बुधबार ३९ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा २१३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । यस दिन ११ वटा समूह घटेको छ । वाणिज्य बैंक ८ , विकास बैंक ४९.२२ , वित्त १८.३६ , होटल पर्यटन ६५, जलविद्युत ३२.४३, लगानी ०.५९, जीवन बीमा ७३, उत्पादन र प्रशोधन ३०.१०, लघुवित्त ३५.१४, निर्जीवन बीमा ४९.२९ र अन्य समूह ७.२८ अंकले घटेको छ र म्युअुचल फण्ड ०.०४ र व्यापार ३.१८ बदेको हो।
यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा युनियन हाइड्रोपावर, लिबर्टी इनर्जी कम्पनी,नेपाल रिइन्स्योरेन्स ,हिमालयन रिइन्स्योरेन्सको र पञ्चकन्या माई हाइड्रोपावर रह्यो । युनियन हाइड्रोपावरको ३३ करोड ८० लाख,लिबर्टी इनर्जीको २७ करोड ३७ लाख, नेपाल रिइन्स्योरेन्सको २६ करोड १५ लाख,हिमालयनको २४ करोड ९४ लाख, रिइन्स्योरेन्सकोपञ्चकन्या माई हाइड्रोपावरको १३ करोड ४४ लाख र कुमारी बैंक लिमिटेडको १७ करोड ९५ लाख बराबर कारोबार भयो ।

