नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले नेपाल मेडकिल एसोसिएसनका सदस्यहरुलाई विभिन्न सेवाहरुमा विशेष छुट दिने

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले नेपाल मेडकिल एसोसिएसनका सदस्यहरुलाई विभिन्न सेवाहरुमा विशेष छुट दिने भएको छ । सो विशेष  छुटको व्यवस्थालाई लिएर नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र नेपाल मेडकिल एसोसिएसन (एनएमए) बीच व्यावसायिक सम्झौता भएको छ ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र नेपाल मेडकिल एसोसिएसन (एनएमए) बीच विस्तारित बैंकिंङ सेवा प्रदान गर्ने उद्देश्य राखी सो सम्झौता भएको हो । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र मेडकिल एसोसिएसन तर्फ अध्यक्ष डा. अनिल बिक्रम कार्कीबाट हस्ताक्षर भइ सो व्यावसायिक सेवा आरम्भ गरिएको छ । यस सम्झौता मार्फत   एसोसिएसनका सम्पूर्ण सदस्यहरुलाई विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गरिएको छ ।
सोही  सम्झौता अनुसार एसोसिएसनका सदस्यहरुलाई लक्षित गरि बैंकको २७५ वटा शाखाहरु मार्फत ‘प्रोफेशनल’ बचत खाता खोली १० लाखको दुर्घटना बिमा सुविधा सहित अन्य व्यावसायिक कर्जा, साना तथा मझौला कर्जा, क्लिन सोसल कर्जा, व्यक्तिगत कर्जा, सवारी तथा घर कर्जा र डेबिट-क्रेडिट कार्ड, मोबाइल बैंकिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी बैंकका प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए ।
यो सम्झौताबाट नेपाल मेडकिल एसोसिएसनका (एनएमए) सदस्यहरुले प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार