स्वदेश फर्किँदै प्रधानमन्त्री ओली

काठमाडौं । चीन भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश प्रस्थान गरेका छन् । चीनको थियानजिनबाट बेइजिङ पुगेका ओली केहीबेरअघि त्यहाँबाट काठमाडौंका लागि विमान चढेका उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री सवार विमान बेइजिङबाट उडिसकेको छ । उनी आज बेलुका ८ः३० बजे काठमाडौं आइपुग्नेछन् ।

गत शनिबार चीन भ्रममा गएका ओली बुधबार स्वदेश प्रस्थान गरेका हुन् ।

चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङ,उपराष्ट्रपति हान चङ्ग,रुसी राष्ट्रपति भ्लादिमिर पुटिन लगायतसँग भेटवार्ता गरेका थिए ।

एससिओ शिखर सम्मेलनका दौरान ओलीले विभिन्न मित्रराष्ट्रहरूका राष्ट्र तथा सरकार प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ता समेत गरेका थिए ।

भेटवार्तामा नेपाल र ती मुलुकबिचमा द्विपक्षीय एवं अन्य प्राथमिकताका विषयमा छलफल भएको बताइएको छ ।

शाङ्घाई सहयोग सङ्गठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन उनी चीन प्रस्थान गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार